<p style="text-align:justify">साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय कृषि निर्देशनालयको रुपमा रहेको यो कार्यालय डोटी जिल्ला अन्तर्गत पर्ने दिपायल सिलगढी नगरपालिकाको दिपायलमा वि.सं. २०४० सालमा स्थापना भएको थियो ।तात्कालीन श्री ५ को सरकारको मिति २०४९/४/१ को निर्णय अनुसार कृषि मन्त्रालय अन्तरगत साविकको कृषि विभाग र पशु सेवा विभागको एकिकरण भई कृषि विकास विभाग र क्षेत्रियस्तरमा क्षेत्रीय कृषि विकास निर्देशनालय नामाकरण गरिएता पनि वि.सं. २०५२ सालमा कृषि विभागको नयाँ संरचना अनुरुप कृषि विभाग अन्तरगत पुनः क्षेत्रीय कृषि निर्देशनालयको स्थापना भएको थियो ।</p> <p style="text-align:justify">नेपालको संविधान २०७२ अनुसार राज्यको पुनं संरचना र राज्य शक्तिको वाँडफाँड तिन तहका सरकारहरु गठन भए पश्चात प्रदेश सरकारको गठन संगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भइ सो मातहत रहने गरी आ.व. ०७५/०७६ श्रावणमा कृषि विकास निर्देशनालयको स्थापना भएको हो ।</p> <p style="text-align:justify"> कृषि विकास निर्देशनालयको संगठनलाई अनुगमन एवं सुपरिवेक्षण कार्यमा बढी सक्षम र सृदृढ बनाउनको साथै विभिन्न कार्यविधिहरु तयार पार्ने र कृषि विकासका कार्यक्रमलाई एकिकृत रुपमा संचालन गराउन कृषि विकास निर्देशनालयमा प्रमुखको ब्यवस्था गरिएको छ । यस मातहतमा हाल यस प्रदेश अन्तरगतका जिल्लाहरुमा स्थापना भएका ९ वटा कृषि ज्ञान केन्द्रहरु, माटो तथा मल परिक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, बीउ बिजन प्रयोगशाला, र विभिन्न फार्म केन्द्रहरु यसको प्रशासनिक नियन्त्रणमा रहने व्यवस्था गरिएको छ ।</p>