सुदूरपश्चिम प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास निर्देशनालय

दिपायल

साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय कृषि निर्देशनालयको रुपमा रहेको यो कार्यालय डोटी जिल्ला अन्तर्गत पर्ने दिपायल सिलगढी नगरपालिकाको दिपायलमा वि.सं. २०४० सालमा स्थापना भएको थियो ।तात्कालीन श्री ५ को सरकारको मिति २०४९/४/१ को निर्णय अनुसार कृषि मन्त्रालय अन्तरगत साविकको कृषि विभाग र पशु सेवा विभागको एकिकरण भई कृषि विकास विभाग र क्षेत्रियस्तरमा क्षेत्रीय कृषि विकास निर्देशनालय नामाकरण गरिएता पनि वि.सं. २०५२ सालमा कृषि विभागको नयाँ संरचना अनुरुप कृषि विभाग अन्तरगत पुनः क्षेत्रीय कृषि निर्देशनालयको स्थापना भएको थियो ।



नेपालको संविधान २०७२ अनुसार राज्यको पुनं संरचना र राज्य शक्तिको वाँडफाँड तिन तहका सरकारहरु गठन भए पश्चात प्रदेश सरकारको गठन संगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भइ सो मातहत रहने गरी आ.व. ०७५/०७६ श्रावणमा कृषि विकास निर्देशनालयको स्थापना भएको हो ।



              कृषि विकास निर्देशनालयको संगठनलाई अनुगमन एवं सुपरिवेक्षण कार्यमा बढी सक्षम र सृदृढ बनाउनको साथै विभिन्न कार्यविधिहरु तयार पार्ने र कृषि विकासका कार्यक्रमलाई एकिकृत रुपमा संचालन गराउन कृषि विकास निर्देशनालयमा प्रमुखको ब्यवस्था गरिएको छ । यस मातहतमा हाल यस प्रदेश अन्तरगतका जिल्लाहरुमा स्थापना भएका ९ वटा कृषि ज्ञान केन्द्रहरु, माटो तथा मल परिक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, बीउ बिजन प्रयोगशाला, र विभिन्न फार्म केन्द्रहरु यसको प्रशासनिक नियन्त्रणमा रहने व्यवस्था गरिएको छ ।